शेरे
र शेरेकी श्रीमती डाक्टरकहाँ जँचाउन गएछन्, सबै जाँच गरिसकेपछि डाक्टरले
शेरेलाई पिसाब चेक गर्नुपर्छ, भोलि लिएर आउनुहोला भनेछ र दुवै जना घर
फर्केछन्।
बिहान बिर्सिएला भनेर सुत्नुअघि नै शेरेले बोतलमा पिसाब
गरेर खाटमुनि राखेर सुतेछ। बिहान श्रीमती छिट्टै उठेर घर बढार्दै जाँदा
बोतल ढलेछ र सबै पिसाब पोखिएछ। अब बूढाले मार्ने भयो भन्ने सोचेर आफ्नै
पिसाब हालेर राखिछ अनि शेरेचाहिँ त्यही बोतल बोकेर डाक्टरकहाँ गएछ।
डाक्टर: तपाईं त गर्भवती हुनुभएछ।
शेरे: उफ ! मैले त्यसलाई भनेको थिएँ, माथि नचढ भनेर, अब खत्तमै भएछ, कसरी मुख देखार हिँड्नु ?
0 Comments