सेरे 15 बर्ष अगाडि जब सेरे सात class मा थियो - Joke

सेरे 15 बर्ष अगाडि जब सेरे सात class मा थियो 
शिक्षक - (सेरे सँग) - भन त सेरे , पृथ्वीनारायण शाह विं. स. कतिमा जन्मिएका थिए र कतिमा उनको मृत्यु भएको थियो ?
सेरे- थाहा छैन सर ।
शिक्षक - -(रिसाउँदै) आफ्नो किताब हेरेर भन ।
सेरे -(किताब पल्टाउँदै) सर, यसमा त १७७९-१८३१ लेखेको छ ।
शिक्षक - के यो तिमीले पहिले पढेका थिइनस ?
सेरे - पढेको त थिएँ सर, तर मलाई लाग्यो, यो पृथ्वीनारायण शाहको फोन नम्बर हो !

Post a Comment

0 Comments