एउटा ग्वाँच टाइपको युवकलाई युवती हेर्न लगिएछ - Joke

एउटा ग्वाँच टाइपको युवकलाई युवती हेर्न लगिएछ। युवकका बाले सबै कुरा बढाई चढाई भन्नु है छोरा भनेछन्।

युवतीको घरमा सबै पुगे, युवकलाई युवतीका नातेदारले प्रश्न गर्न थालेछन् ।

बेहुलीका बा: अनि बाबु जग्गा कति छ ? १ धुर त होला नि ?

युवक: कहाँ १ धुर मात्र बा, १० धुर नै छ नि ...

-मख्ख पर्दै बेहुलीका बा ः बस्तु भाउ होलान् नि, दर्जनजति ?

युवक:  कहाँ दर्जन मात्र हुनु, १ सयवटा जति छन्।

त्यतिकैमा युवकले हाच्छिउँ गरेछ

बेहुलीका बा:  ओहो, रुघा लागेछ कि कसो ?

युवक:  कहाँ रुघा मात्र लाग्नु, मलाई त टिबी र एड्स पनि छ।

Post a Comment

0 Comments