बुबा: हेर स्कुल नगएर घरमै मोज मस्ती गरेर बसेको ?
शेरे: स्कुल गएर के हुन्छ र जानु ??? जान्न म !
बुबा: -सम्झाउँदै- स्कुल गयो भने परीक्षामा राम्रो अंक आउँछ नि बाबु !
शेरे: त्यसपछि ???
बुबा: ठुलो भएपछि राम्रो जागिर पाउँछस् र धेरै पैसा कमाउँछस् !
शेरे: त्यसपछि ???
बुबा: ठूलो घर हुन्छ तेरो, अनि आफ्नै मोटर पनि !
शेरे: त्यसपछि ?
बुबा: त्यसपछि तँलाई आनन्द हुन्छ, मोज गर्न पाउँछस् !
शेरे: अहिले के गरिरा'छु त ???
0 Comments